कर्णालीमा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 10:10:11 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ सय २३ पुगेको छ । शनिवार बेलुका ५९ जना र आइतबार बिहान थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १२३ पुगेको हो ।  आइतबार संक्रमित हुनेमा सबै पुरुष रहेका छन् । 

आइतबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका एक जना र दैलेखकामा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका ५ का १९ वर्षका एक जना र दैलेख नारायण नगरपालिका ३ का १६, १९, २९ र ४८ वर्षका चार जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै नारायण नगरपालिका ५ कै १८,२४, २५, २८ र ३५ वर्षका र देबलकाँड ४ का १८, २०, २०,२२ र २२ वर्षका पाँच जनामा संक्रमण पुष्टि भएको हो। साथै सिमडा ८ का १६ वर्षका पुरुष, रातापानी ४ का ३८ वर्षका पुरुष र साडु ९ का २२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved