वित्तीय संस्था कर्मचारी संघद्वारा ८२ परिवारलाई खाद्यान्न सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 12:14:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) युवा समितिले ८२ घर परिवारहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । समितिले लकडाउनको समयमा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने ८२ घर परिवारहरुलाई खाद्यान्न वितरण गरेको हो । 

लकडाउनले मारमा रहेका अनौपचारिक क्षेत्रका गलैँचा र निर्माण सम्बद्ध श्रमिकहरुका ४० घर परिवारलाई भक्तपुरमा सहयोग प्रदान गरेको समितिले जनएको छ । त्यस्तै रिक्सा ठेला, निर्माण सम्बद्ध र छापाखानाका श्रमिकहरुका ४२ घर परिवारलाई काठमाण्डौमा खाद्यान्न सामाग्री वितरण गरेको जनाइएको छ ।  

कार्यक्रममा बोल्दै फियन राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनालले लकडाउनका कारण समस्यामा रहेका  श्रमिहरुको दुःखमा साथ दिनको लागि सहयोग कार्यक्रम गरिएको जानकारी दिए । त्यस्तै फियन युवा समितिका अध्यक्ष जेम्स जोशीले श्रमिकहरुलाई खाद्य सामाग्री वितरण गर्नको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved