पूर्व अर्थमन्त्री पौडेलद्धारा पत्रकारलाई सुरक्षा सामाग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 01:28:35 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीका पत्रकारहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । आईतबार सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसिलाई हस्तान्तरण गरिएको छ । 

नेकपा रुपन्देहीका सचिव निर्मल जिसि, प्रचार विभाग प्रमुख मोहन चापागाई, नेकपा क्षेत्र नं. २ का संयोजक तेजेन्द्र केसीले प्राप्त भएका पत्रकार परिचय पत्र सहितको ज्याकेट र मास्क महासंघलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरणका कार्यक्रममा नेकपा रुपन्देहीका सचिवले महामारीको संकटमा परिचय सहित फिल्डमा खटिदा केहि हदसम्म सुरक्षा कायम हुन सक्ने बताए । कोरोना महामारीले स्थिती निकै असहज बनेको भन्दै सबैले सजगता अपनाउनुपर्ने उनको भनाई छ । 

त्यस्तै नेकपा महासचिव तथा रुपन्देहीका सांसद पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारहरुका लागि उक्त सामाग्री उपलब्ध गराएको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले बताए । उनले पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले महामारीका बेला परिचयपत्र सहित फिल्डमा जादा त्यसले सहजता ल्याउन बताए । 

यसैगरी पत्रकार महासंघमा प्राप्त भएको उक्त सामाग्री महासंघका सदस्यहरुलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसिले बताए । उनले पहिचान सहित फिल्डमा खटिनुपर्ने भएकाले यसले सहजता ल्याउने बताए । यसअघि महासंघ रुपन्देहीले सुरक्षा सामाग्री वितरण गरेको सचिव रामप्रसाद आचार्यले बताए । पत्रकारहरुको कोरोना बिमा पनि प्रक्रियामा रहेकाले आवश्यक कागजपत्र उपलब्ध गराउन उनको आग्रह छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved