बाजुराकी २ वर्षीया बालिकाको कोरोनाको कारण मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 03:03:13 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार राति मृत्यु भएकी बाजुराकी २ वर्षीय बालिकामा कोरोना पुष्टि भएको छसेती प्रादेशिक प्रयोगशालमा गरिएको परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोरोना भएको पुष्टि भएको हो

ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्। उनलाई बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएकोमा स्वास्थ्यमा समस्या भएपछि बिहिवार सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो । उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो ।

बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। बालिकाको रिपोर्ट पोजेटिभ आएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। यसको स्वास्थ्य मन्त्रालयले औपचारिक  पुष्टि गर्न बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved