क्रिएशन र कोका-कोलाद्वारा दोस्रो साताको राहत वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 05:04:01 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रिएशन नेपालले द कोका-कोला फाउन्डेशनको सहयोगमा सफाईकर्मीहरुलाई खाद्यान्न र सुरक्षा सामाग्री वितरण गरेको छ । क्रिएशनले सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा अन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानहरुमा दोस्रो हप्ताको राहत वितरण सम्पन्न गरेको जनाएको छ ।

उक्त टोलीले भक्तपुर र काठमाडौंका करिब १६० जना सफाईकर्मीहरुलाई रक्षात्मक जमसुट र राशन प्याकेजहरु वितरण गरेका थिए । भक्तपुरमा डोको रिलाईकलर्स र स्थानीय सरकारको साथै कर्नल शिव पौडेल, वीर दल गणपत्ति र भक्तपुर महानगर प्रहरी सर्कलका एसपी सबीन प्रधानको उपस्थीतिमा वितरण गरिएको जनाइएको छ । सोही दिन काठमाडौंमा राष्ट्रिय सभा गृहमा काठमाडौंका मेयर विद्या सुन्दर शाक्यको उपस्थीतिमा दोस्रो राहत वितरण कार्यक्रमको सम्पन्न गरेको जनाइएको छ ।

यस्तै क्रिएशनका अनुसार पछिल्लो साताको अन्तिम तीन दिनहरुमा कीर्तिपुर, दरबारमार्ग, रातोपुल, टोखा र बुढानिलकण्ठ लगायत विभिन्न क्षेत्रका सफाईकर्मीहरुलाई रक्षात्मक जमसुट, मास्क, बुट सहित २५२ भन्दा बढि राशन प्याकेजहरु र १७५ रक्षात्मक सामग्रीहरु प्रदान गरएको छ । उक्त वितरण कार्यक्रमहरु वेस्ट टू भ्यालु, वुमन फर ह्युमन राइट, हिमालयन क्लाइमेट इनिसियटिभ र नेप्सेम्याकहरुको सहयोगमा भएको जनाइएको छ । 

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट शुरु भएको हो । जसमार्फत हालसम्म ११ सय भन्दा बढि सफाईकर्मीहरु राशन प्याकेजहरु र रक्षात्मक सामग्री साथ—साथैं जागरुकता कार्यक्रम र चिकित्सा परामर्शद्वारा लाभान्वित भएको बताइन्छ । उक्त परियोजना नेपालभरका ३२ सय सफाईकर्मीहरुलाई सकारात्मक लाभ पु¥याउने लक्ष्यका साथ चालू कोभिड—१९ महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रुपमा शुरु गरिएको क्रिएशनले जनाएको छ । परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाईकर्मीको उत्थानमा मदत पुर्याउने जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved