बुटबलको कोरोना अस्पतालबाट ४ जना निको भएर घर फर्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 06:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवलको कोरोना विशेष अस्पतालबाट चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएका उनीहरूमध्ये  तिन जना कपिलवस्तुका  र  १ जना रुपन्देहीको सियारी गाउँपालिका हुुन् ।

अस्पताल भर्ना  गरिएका संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको  लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले बताए । निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश दिएको डा खनालले बताए । 

यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा र कपिलबस्तुका १० जना निको भएर घर गइसकेको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले बताए ।

लकडाउनको पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने  मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved