१० दिन भित्रै विदेशमा अलपत्र नागरिकलाई नेपाल ल्याईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 07:25:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउन र नेपाल आएपछि उनीहरुको व्यवस्थापन गर्न २६ बुँदे कार्ययोजना पारित गरेको छ । भारतलगायत तेस्रो मुलुकबाट ल्याइने नेपाली नागरिकहरुको व्यवस्थापन गर्न नेपाली सेनालाई अग्र भागमा खटाईनेछ । 

उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले आइतवार ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्य योजना २०७७’ मा हस्ताक्षर गरेका हुन् । मन्त्री पोखरेलले हस्ताक्ष गरेको कार्ययोजना शनिवारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।

सरकारले व्यवस्थापनको लागि नेपाली सेनालाई पनि खटाउने भएको छ । 

सरकारले अब १० दिनभित्र बिभिन्न देशमा चार्टर उडान गरि प्राथमिकता अनुसार नेपाली नागरिकहरुलाई स्वदेश ल्याइनेछ । आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्न चाहनेले वेभसाइटबाटै बुकिङ गर्न सक्नेछन् भने श्रमिकहरुका लागि दहचोकको मनमोहन अस्पताल, दुवाकोटको केएमसी, खरिपाटी र इचंगु अवासक्षेत्रमा स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापन गर्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved