लकडाउनले श्रमिक महिलाको रोजीरोटी गुम्दै

महेश न्यौपाने

महेश न्यौपाने

Jun 01, 2020 | 12:24:15 PM मा प्रकाशित

laxmi  sunrise bank

मालवाहक ट्रक लोडअनलोडको कामलाई मुख्य पेशा बनाउदै आएकी रोल्पा नगरपालिका ४ की सर्मिला वुढा लकडाउन पछि बेरोजगार छिन् । उक्त पेशाबाट उनले दैनिक सरदर एक हजार आम्दानी गर्थिन । लक डाउन पछि भने मालबाहक गाडी आवतजावत हुन छोडेसंगै उनको पेशा संकटमा मात्रै परेको छैन अन्य वैकल्पिक रोजगारी नहुदा  दैनिकी चलाउन निकै मुस्किल भएको छ । छोराछोरी पढाउन, स्वास्थ्योपचार गर्न र घरको दैनिकी चलाउदन सो पेशाले उनलाई सघाउदै आएको थियो । 

सर्मिला मात्र हैन कोरोना भाइरसको फैलदो संक्रमण संगै लम्बिएको लकडाउनले असंगठित क्षेत्रमा काम गर्ने रोलका धेरै महिला मजदुरहरुले रोजगारी गुमाउन थालेका छन् । भवन  तथा सडक निर्माणमा अल्पकालिन रोजगारी पाएका तथा गाडीमा मालसामान लोडअनलोड गरेर घर व्यवहार चलाउदै आएका महिला मजदुरहरु यसबाट वढी प्रभावित  भएका छन् । 

लकडाउनले सरकारी योजना कार्यन्वयनमा ल्याएको सुस्तता र निर्माण सामाग्रीमा भएको मुल्यवृद्धीले नीजि भवनहरु पनि निर्माण हुन छाडेकाले आफुहरुले रोजगारी गुमाउदै जान थालेको महिला मजदुरहरुको भनाई छ । लकडाउनको पहिलो महिना त्रासले निर्माणका काम  हुन सकेका थिएनन् । पछिल्ला दिनमा केही सरकारी योजनाको निर्माण कार्य सुरु भएपनि महिलाहरु  ती काममा  बंचित भएका बताएका छन् । निर्माण सामाग्रीमा भएको आकाशिदो मूल्य वृद्धिका कारण नीजि भवन समेत बन्न नसक्दा महिला मजदुरहरु मारमा परेको नेपाल ट्रेड यूनियन कांग्रेस, रोल्पाका उपाध्यक्ष भावना शर्माको भनाई छ । 

सरकारी तथा नीजि भवन निर्माणमा बालुवा, ईटा र ढुंगा ओसारपसार कार्यमा महिला श्रमिक प्रयोग  हुने गर्दछन् । ‘‘जोखिमपूर्ण काम गर्न बाध्य महिलाहरुको  ज्याला भने पुरुषको भन्दा कम हुने गरेको छ । समान काम  गर्दा ज्याला चाहिँ असमान हुन्छ,’’ महिला मानव अधिकार  रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन् । समान काम गर्ने महिला र पुरुषको ज्यालामा दैनिक ५० देखी १००  रुपैयाँको अन्तर हुने गरेको आचार्यले बताइन् । कम जोखिम मानिने सीपमुलक काम भने पुरुषले गर्दै आएका छन् । श्रमिक महिलाहरुले सीप सिक्ने अवसर नै नपाउने आचार्यको भनाई छ ।

मध्य वैशाखबाट  सरकारी  योजनाका  केही  निर्माणकार्य  सुरु भएपनि  सबैले रोजगारी  पाउने अवस्था नभएको निर्माण व्यवसायी आईतराम घर्तीले बताए । आफ्नो साईटमा ३ दर्जन बढी श्रमिकले काम गरिरहेको बताउदै महिला र पुरुष  भनेर आफुले काममा बिभेद नगरेको घर्तीको भनाई छ । ज्याला पनि काम हेरेर निर्धारण गरेको र कामको आधारमा  ज्याला दिने गरेको घर्तीको भनाई छ । 

लकडाउन पूर्व घर निर्माणका काम गर्दै आएकी रोल्पा नगरपालिका १ की दिलकुमारी पुन पनि यतिबेला बेरोजगार छिन् । दुई महिना बितिसक्दापनि काम  खुल्ने ठेगान छैन नभएको पुनले बताइन् । घरको दैनिकी चलाउन निकै समस्या परेको पुनको भनाई छ । ‘‘लकडाउन  अघि  काम  गरेर जम्मा गरेको  पैसाले केही  दिन जुगारा चलाए पनि अहिले छिमेकीसंग ऋण गरेर साँझ बिहानको छाक टारेको छ,ु’’ पुनले भनिन् । 

द्धन्द तथा अन्य कारणले श्रीमान गुमाएका अधिकांश एकल महिलाहरु लकडाउनले दोहोरो पिडामा परेकोमानव अधिकारका लागि एकल महिला समुहका अध्यक्ष तुलसा आचार्यले बताइन् । घरको खर्च आफै व्यवस्था गर्नु पर्ने एकल महिलाहरु ऋण खोज्दा सहजै नपाउने पिडामा रहेको अध्यक्ष  आचार्यले भनाई छ । ‘‘श्रीमान नभएका कारण साहुले ऋण पनि सहजै नदिदा र वैकल्पिक रोजगारी गुमेसंगै सरकारले दिने सामाजिक सुरक्षाको  भरमा परिवार पाल्न बाध्य छन् ।’’ आचार्यले भनिन् । 

स्थानीय शान्ति समिति रोल्पाको अभिलेख अनुसार सशस्त्र द्धन्दमा श्रीमान गुमाएका एकल महिलाको संख्या ३२३ जना छन् । सात जना महिलाका श्रीमान हाल  सम्म वेपत्ता रहेको अभिलेखमा उल्लेख गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved