लकडाउनलाई खुकुलो बनाउन रुपन्देहीका व्यवसायीहरुको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 03:04:21 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि सरकारले गरेको लकडाउनलाई खुकुलो बनाउन रुपन्देहीका व्यवसायीक संघसंस्थाहरुले आग्रह गरेका छन् । लाकडाउनका कारण उद्योग व्यवसाय धारासायी भएको र यसले मुलुकको अर्थतन्त्रलाई समेत नराम्रोसंग प्रभावित गरेको भन्दै संघसंस्थाहरुले यस्तो आग्रह गरेका हुन् ।

संघसंस्थाका प्रतिनीधिहरुको टोलीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाउँदै मुलुकको अर्थतन्त्रलाई चलायमान गराउन तथा उद्योग व्यवसाय क्षेत्रमा कार्यरत कर्मचारी (मजदुर)हरुको रोजगारी समेत सुनिश्चित गराउनकालागि लकडाउनलाई केही खुकुलो गराउन आग्रह गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिका समेतलाई बोदार्थ दिईएको उक्त ज्ञापन पत्रमा खाद्यान्न, तरकारी तथा डेरीजन्य अतिआवश्यक बस्तु तथा सामान प्रत्येक दिन बिहान ६ देखि ९ बजेको बीचमा बिक्रि वितरणको व्यवस्था मिलाउन आग्रह गरिएको छ । त्यस्तै खाद्यान्न, थोक तथा अन्य सबै प्रकृतिका व्यवसाय बिहान १० देखि दिउँसो ३ बजेसम्म, बैंक तथा बित्तिय संस्थाहरु नियमित सञ्चालनको व्यवस्था मिलाउन, रोजगारीकालागि छिमेकी मुलुक भारत गई अहिले फर्किएका नेपाली नागरिकलाई सम्बन्धित नाकाबाटै सम्बन्धित जिल्ला पठाउने व्यवस्था मिलाउन तथा उनीहरुको सीप तथा अनुभवको क्षेत्र समेतको लगत संकलन गर्न समेत आग्रह गरिएको छ ।

त्यसरी लगत राख्दा कोरोना संक्रमणको भय समाप्त भएपश्चात स्वदेशी उद्योग व्यवसायमा रोजगारी प्रदान गर्न समेत सहज हुने ज्ञापन पत्रमा उल्ले गरिएको छ । त्यस्तै कोरोना भाईरसको उच्च जोखिम तथा संक्रमणबाट बच्न र सबैलाई बचाउनकालागि व्यवसायीक संघसंस्था तथा सरोकारवाला निकायलाई स्वास्थ्य सचेतना तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनकालागि समेत आग्रह गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved