महिलाका लागि छुट्टै क्वारेन्टिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 05:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन निर्माण भएको छ । गुलरिया –४ कोटही माध्यमिक विद्यालयमा ३० शैया क्षमता भएको क्वारेन्टिन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । 

उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार महिला छन् । क्वारेन्टिनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए । जिल्लामा ८० शैयाको आइसोलेशन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिए । जिल्लामा १४४ क्वारेन्टिनमा महिला पुरुष गरी तीन हजार ९१८ जना छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved