राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेका छन् । सोमबार लक्ष्मणलाल कर्णसहित संघीय संसद सचिवालय पुगेको टोलीले संशोधन विधेयक दर्ता गराएको हो ।
संघीय संसदका महासचिव भरतराज गौतमले विधेयक दर्ता गरेका हुन् ।
विधेयक दर्तापछि नेता कर्णले सत्तारुढ दलले आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले दर्ता गरेको संशोधन विधेयकमा समर्थन नगर्ने बताएका छन् । सरकारले नयाँ नक्साअनुसार संविधानमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक दर्ता गरेको छ ।