लकडाउनको बेला कसरी कर तिर्न जाने ? यसो भन्छ राजश्व विभाग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 11:40:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभागले जेठ २५ गते सम्म नै कर तिर्न करदाताहरुलाई अनुरोध गरेको छ । विभागले कर तिर्नको लागि समय थप नहुने भन्दै जेठ २५ भित्र नै कर तिर्न आग्रह गरेको हो ।

यस संगै करदाताहरुले भने लकडाउनको बेलामा कर कार्यालयमा पुगेर कर तिर्न सक्ने अवस्था नरहेको भन्दै विभागको निर्णयको आलोचना गर्न थालेका छन् । तर आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवर भने यदि कुनै करदातालाई कर कार्यालयसम्म पुग्न असम्भव हुने देखिएमा विभागले सहजीकरण गरिदिने बताएका छन् ।

उनले सकेसम्म अनलाइन माध्यमबाटै कर तिर्न आग्रह गरेका छन् । यदि अनलाइनबाट सम्भव नभई कर कार्यालय मै आउनु पर्ने भए र त्यसक्रममा केहि कठिनाई आए विभागले सहजीकरण गर्ने महानिर्देशक कुँवरले  बताएका हुन् । उनले भने 'हाम्रा सबै कार्यालयहरु खुला छन्, यदि कसैलाई कार्यालयसम्म आउँन कठिन भए हामी स्थानीय प्रशासनलाई अनुरोध गरेर प्रशासनको समन्वयमा करदातालाई करकार्यालयसम्म पुग्न सहजीकरण गर्छौ' । सहजीकरण आवश्यक परे सम्बन्धित कर कार्यालयमा जानकारी गराउन समेत उनले आग्रह गरेका छन् । 

 नेपाल सरकारले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रुपमा बुझाउनु पर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद थप गरेको थियो। उक्त म्याद थपिन लागेको भन्दै विभागले करको लागि ताकेता गरेको  हो ।

 जस अनुसार करदाताहरुले जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउनु पर्ने भएको छ । विभागले फागुन र चैत्रको भ्याट, सोहि अवधिको अन्त:शुल्क, आयकर, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दुरसंचार सेवा दस्तुर जेठ २५ गतेभित्र बुझाउन आग्रह गरेको हो ।

यस्तो छ विभागको सूचना : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved