भारतमा फेरी अर्को चक्रवात, नेपालमा के प्रभाव पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 02:29:36 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा फेरी अर्को समुन्द्री आंधी विकसित भएको छ  । दक्षिणपूर्वी अरब सागरमा विकसित हुदै गएको चक्रवातले भारतमा क्षति पुर्याउने अनुमान गरिएको छ । उक्त चक्रवातले भारतमा क्षति पुर्याउने अनुमान गरिए पनि नेपालमा भने त्यसको प्रभाव सामान्य रहने मौसमविद् मन्जु दासीले बताईन् । 

दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेकोले आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित भई चक्रवात हुने दासीको भनाई छ । उनका अनुसार उक्त प्रणालीले बुधबार विकसितरुप लिने र भारतको गोआ राज्यमा प्रवेश गर्नेछ । ‘‘भारतमा यो चक्रवातले क्षति पुर्याए पनि नेपालमा सामान्य पानि पर्ने मात्र हुन्छ । नेपालमा ठुलो पानि नपर्ने र बाढी पहिरो जाने लगायतका प्राकृतिक विपत्ति यसले पार्दैन्’’, उनले भनिन् ।

केही दिनअघि बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved