१० दिन भित्रमा नेपालमा मनसुन भित्रिने, कुन क्षेत्रमा बढी बर्षा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 03:38:04 PM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्ष नेपालमा औषत वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतमा मनसुन भित्रिईसकेकोले नेपालमा पनि ७ देखि १० दिन भित्र मनसुन भित्रिने अनुमान गरिएको छ  । सामान्यतया नेपालमा जुन १ तारिखमा मनसुन भित्रिने गरेको छ । 

यस पटक भित्रिने मनसुनले  सरदर बर्षा हुने मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा इन्दिरा कडेलले बताएकी छिन् । कडेलका अनुसार ३४ प्रतिशतक देखि ६७ प्रतिशतक वर्षालाई औषत वर्षा मानिन्छ । त्यस्तै ६७ प्रतिशतक भन्दा बढी वर्षालाई औषत भन्दा बढी र ३४ प्रतिशतक भन्दा कम वर्षालाई औषत भन्दा कम वर्षा भएको मानिन्छ । उनका अनुसार यस वर्ष ३४ प्रतिशत देखि ६७ प्रतिशत वर्षा हुने सम्भावना रहेको छ । 

उनका अनुसार यस बर्ष सबेभन्दा बढी वर्षा प्रदेश १, बागमती र गण्डकी प्रदेशको उत्तरी भुभागमा हुनेछ । प्रदेश १ को सबै भुभागमा यस बर्ष ५० देखि ६० प्रतिशतक वर्षा हुनेछ भने बागमती र गण्डकी प्रदेशको उत्तरी भागमा पनि ५० देखि ६० प्रतिशतक वर्षा हुने वरिष्ठ मौसमविद् कडेलले बताइन् । अन्य भागमा भने ४० देखि ५० प्रतिशतक वर्षा हुने उनको भनाई छ । 

उनका अनुसार प्रशान्त महासागरको पुर्वी भागमा तापक्रम बढी हुदा नेपालमा वर्षा कम हुने र महासागरको पश्चिमि भागमा तापक्रम बढी हुदा नेपालमा बढी वर्षा हुन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved