लकडाउनको मोडालिटी परिवर्तन गर्नबारे निर्णय गर्न दिनभर छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 09:01:54 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको मोडालिटीबारे निर्णय लिन मंगलबार दिनभर कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले छलफल गरेको छ । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको समितिले सीसीएमसी सचिवालय र मूख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको सिफारिसका आधारमा आज छलफल गरेको हो।

समितिका सदस्य सचिव शुरेश विडारीका अनुसार आज समितिले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, उद्योगी, व्यबसायी, नेपाल उद्योग बाणिज्य संघका प्रतिनिधि, नेपाल उद्योग परिसंघका प्रतिनिधि, नेपाल च्याम्बरका प्रतिनिधि लगायतसँग छलफल गरेको बताए ।  उनले आजको बैठक अनौपचारिक भएको समेत बताए ।  

त्यस्तै उनले स्वास्थ्य क्षेत्रका विज्ञहरु, र सामाजिक क्षेत्रसँग थप छलफल गरेर बुधबार लकडाउनको मोडालिटीबारे निर्णय लिने बताए । उनले भने ' नागरिकको जीवन सहज ढंगले अगाडी बढाउने, संक्रमण बढ्न नदिने, जनजीवन सजिलो बनाउने, र सुरक्षित तरिकाले आर्थिक क्रियाकलाप अगाडी बढाउँन सहज हुने गरी सबैको संयोजन गरेर उपयुक्त निर्णय गर्छौ' ।

नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले सरकारलाई क्षेत्र निर्धारण गरेर आर्थिक क्रियाकलाप सुचारु गर्न सुझाव्व दिएको बताईन् । उनले सरकारलाई बढी जोखिम क्षेत्रलाई रेड एरिया, मध्यम जोखिम क्षेत्रलाई एल्लो एरिया र कम जोखिम वा जोखिम नभएको क्षेत्रलाई गरिन एरिया कायम गरेर उद्योग, कलकारखाना, र अन्य आर्थिक क्रियाकलाप सहज तरिकाले खुलाउन सुझाव दिएको बताईन् । उनले चरणबद्द रुपमा लकडाउन खुलाउन र श्रमिकलाई पनि फर्कने वातावरण बनाउन माग गरेकी छिन् ।

सचिव विडारीले विज्ञले दिएको सुझावहरुलाई आधार मानी बुधबार छलफल गरेर निर्णय गरी  अनुमोदनका लागि मन्त्रिपरिषद बैठकमा पठाईने बताए । स्रोतका अनुसार कम जोखिम भएका क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर सुचारु बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरी लकडाउन खुकोलो बनाउने सम्भावना छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved