विश्व बैंकले १० करोड डलर ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 12:29:24 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले नेपालको लागि १० करोड डलर ऋण स्वीकृत गरेको छ । विश्व बैंकले बुधबार नेपालको लागि करिब १२ अर्ब रूपैयाँको  विकास नीति ऋण (डीपीसी)  स्वीकृत गरेको हो ।

उक्त ऋण नेपालले कोरोना भाइरस महामारी (कोभिड-१९)का संकटबाट बाहिरिन र नेपालको विद्युत विकासको लागि खर्च गर्नु पर्ने छ । यसबाट नेपालको विद्युत सेवा भरपर्दो र सुरक्षित बनाउने तथा क्षेत्रीय व्यापारमा सहयोग पुग्ने विश्वबैंकले विश्वास लिएको छ 

यस ऋण मार्फत नेपाल विद्युत् प्राधिकरणको आर्थिक सम्भाव्यतामा सुधार गर्ने, स्वायत्त, पारदर्शी, र जवाफदेही नियामक संचरना स्थापना गर्ने, नेपालको जलविद्युत स्रोत अधिकतम उपयोग सुनिश्चित गर्न क्षेत्रीय बिजुली बजारमा बढी सामेल हुने र संघीय संरचनाअन्तर्गत प्राधिकरणको पुनर्संरचना गरी प्रान्तीय र स्थानीय सरकारहरूलाई सशक्तिकरण गरिने विश्व बै‌कले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved