विशेष राहतको व्यवस्था गर्न ब्युटिसियन संघको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 12:29:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेड युनियन कांँगे्रस आबद्ध नेपाल ब्युटिसियन संघ ५ नम्बर प्रदेश समितिले आउदो बजेटबाट पेशालाई संरक्षण गरिदिन विशेष राहतको व्यवस्था गर्न माग गरेका छन् । समितिले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको १० बुदे ज्ञापन पत्रमार्फत यस्तो माग गरेका हुन् । समितले कोभिड-१९ र लकडाउनको कारण व्यवसाय पलायन हुने अवस्थामा पुगेकोले राहतकाले राहत व्यवस्था गर्न माग गरेको उक्त पत्रमा उल्लेख छ । 

१० बुदे ज्ञापन पत्रमा ब्युटीपार्लर पेशालाई संरक्षण गर्न लकडाउनको शुरुवाती अवस्थामा नै संघीय सरकारबाट गरिएको घर भाडा छुटको घोषणा, प्रदेशमा पनि घरको भाडा छुट, प्रदेशको बजेटबाट विशेष राहतको घोषणा लगायतका माग उल्लेख छ । त्यस्तै नगर तथा गाउँपालिका लगायत सरकारका विभिन्न निकायबाट लिईने कर तथा राजस्व यस वर्षको छुट गराइदिन माग उनीहरुले माग गरेका छन् ।

त्यसैगरि प्रदेशभर स्थानीयतहमा यस क्षेत्रका पेशाकर्मीहरुलाई पंजीकरण गरि राहतको व्यवस्था गर्न माग, स्वरोजगार तथा अनौपचारीक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा समावेश गराउन माग गरिएको छ ।

पेशालाई पुर्नजिबित गर्न बजेट मार्फत सस्तो व्याजमा ऋणको व्यवस्था र बैंक बाट ऋण लिई शुरु गरिएको पेशाकर्मीहरुलाई घटीमा ६ महिना पछि किस्ता तिर्ने र लकडाउन अवधीभरको ब्याजछुट लगायतको १० बुदे माग रहेको अध्यक्ष थापा बताईन् ।

ज्ञापन पत्र बुझदै मुख्यमन्त्री पोखरेलल प्रदेश सरकारबाट ब्युटिसियन व्यवसायीलाई सहयोग गर्ने धारणा राखेको राष्ट्रिय समितिकी वरिष्ठ उपाध्यक्ष शान्ता शर्माले बताईन् । आज नै सो १० बुदे ज्ञापन पत्रको बोद्धार्थ तथा कायार्थ कपि उद्योग मन्त्री लिला गिरी र सामाजीक विकास मन्त्री सुर्दशन बराललाई समेत बुझाईएको बताइएको छ ।

कार्यक्रमा प्रदेश अध्यक्ष विष्णु थापा, प्रदेश सचिव सुनिता अर्याल, रुपन्देही अध्यक्ष रेणु कर्माचार्य, बुटवल नगर अध्यक्ष मनु न्यौपाने लगायत सहभागिता रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved