लकडाउनको स्वरुप फेर्न प्रधानमन्त्रीले आज विज्ञसँग छलफल गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 12:42:15 PM मा प्रकाशित

laxmi  sunrise bank

जारी लकडाउनको अवज्ञा हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल थालेका छन् । प्रधानमन्त्री ओलीले अहिलेसम्मको समीक्षा र नयाँ विकल्पबारे बुधबार विज्ञहरुसँग संवाद गर्न लागेका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले बुधबार अपरान्ह ४ बजे बालुवाटारमा विभिन्‍न क्षेत्रका विज्ञसँग छलफल गर्दैछन् । छलफलमा अर्थविद्, स्वास्थ्य क्षेत्रका विज्ञ, सामाजिक अगुवासहितका २५ जनालाई बोलाइएको छ।  छलफलका लागि डा. लोचन कार्की, डा. स्वर्णिम वाग्ले र डा. भगवान कोइरालासहितलाई बोलाइएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको स्वरुप फेर्ने तयारी गरिसकेको छ । पछिल्लो पटक थप भएको लकडाउनको अवधि जेठ ३२ गतेसम्म कायम छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved