अर्थमन्त्रीले दिए ९८ संस्थालाई पौने ७ अर्ब कर छुट, कसलाई कति ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 01:15:52 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले विभिन्न ९८ वटा निकायलाई पौने ७ अर्ब कर छुट दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको ८ महिनाको अवधिमा ९८ वटा निकायलाई ६ अर्ब ८५ करोड १२ लाख ५४ हजार ९ सय ४० रुपैयाँ राजश्व छुट दिएको हो । यसरी सरकारबाट कर छुट पाउनेमा विदेशी कम्पनी पनि रहेका छन् । 

अर्थ मन्त्रालयले यस अवधिमा नेपाली सेनालाई सबै भन्दा बढी राजश्व छुट दिएको छ ।  सेनाले मात्र १ अर्ब ९० करोड रुपैयाँ कर छुट पाएको हो । त्यस्तै नेपाल विद्युत प्राधिकरणले १ अर्ब ८७ करोड र नेपाल आयल निगमले १ अर्ब १९ करोड कर छुट पाएको छ ।  त्यस्तै चाइना सीएएमसी इन्जीनियरिंग कम्पनीले १ अर्ब १ करोड राजश्व छुट पाएको छ। 

अर्थ मन्त्रालयले विभिन्न सरकारी कार्यालय, निजि कम्पनीहरु, जलविद्युत कम्पनी, निर्माण कम्पनी, गैरसरकारी संस्था, सामुदायिक सेवामा रहेका संस्थाहरुलाई कर छुट दिएको हो।  यी संस्थाहरुले २१ अर्ब ५९ करोड ८० लाख रुपैयाँ वस्तु पैठारी गरेका थिए। जस अनुसार आर्थिक ऐनमा उल्लेखित ब्यबस्था अनुसार वस्तु पैठारी गर्दा सरकारलाई तिर्नुपर्ने रकम छुट पाएका हुन् । आर्थिक ऐनमा नेपाल सरकारले आवश्यकता अनुसार   कर छुट दिन सक्ने ब्यबस्था छ ।  सोहि अनुसार ति कम्पनीहरुले कर छुट पाएका हुन् । 

हेर्नुस कसले कति पाए छुट ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved