लकडाउनको समयमा खाना खुवाउन व्यस्त छन् द लर्ड बुद्ध युवा क्लबका युवाहरु

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Jun 03, 2020 | 01:26:09 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ मालटोल र हाटबजारका अर्जुन क्षेत्री, राम गुरुङ, सुरज अधिकारी, अर्जुन जानन्धर, राजेश क्षेत्रीलाई अहिले बिहान सांझ घरमा बस्न फुर्सद छैन् । लकडाउनको पालना गर्दै उनीहरु अरु बेला घरमै बसे पनि प्रत्येक दिन सांझ बिहान सामाजिक कार्यमा जुटेका छन् । आफ्नो मात्रै पेट भरेर मात्र नहुने भन्दै उनीहरु जेठ ३ गतेदेखि अतिविपन्नलाई खाना खुवाउने अभियानमा जुटेका छन् । 

उनीहरुको अभियानमा स्थानीयवासी तथा समाजसेवीको पनि साथ छ । द लर्ड बुद्ध युवा क्लब मालटोल–१३ भैरहवा, रुपन्देही सम्बद्ध युवाहरु आफै खाना पकाएर लडकाउनका कारण भोकै बस्न बाध्य विपन्न नागरिकलाई खाना खुवाउन सक्रियतापूर्वक लागेका छन् । उनीहरुले खाना खुवाए वापत कुनै शुल्क पाउँदैन । तर पनि निःशुल्क खाना खुवाउने अभियानमा उनीहरु निरन्तर जुटिरहेका छन् ।

हालसम्म २ हजार ५ सय बढीलाई खाना खुवाएको द लर्ड बुद्ध युवा क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताए । लकडाउनको अवधि बढेसंगै विपन्न वर्ग त्यसको प्रत्यक्ष मारमा परेको समस्यालाई मध्यनजर गर्दै बिहान एक सय र सांझ एक सय गरी दुई सय जनालाई खाना खुवाउने कार्य भइरहेको क्षेत्रीले बताए । यस अघि क्लबले ५० जना विपन्न परिवारलाई खाद्यान्न समेत वितरण गरिसकेको उनले बताए । ‘कोरोना भाइरसको संक्रमणसंगै गर्मीयाममा मधेश क्षेत्रमा लामखुट्टेको टोकाइबाट हुन सक्ने डेगुं तथा मलेरियालाई मध्यनजर गर्दै ५० जनालाई झुल वितरण गर्ने समेत तयारी गरेका छौं’, क्षेत्रीले भने । विपन्न परिवारलाई कसरी हुन्छ सहयोग गर्न क्लबले हात बढाएको उनको भनाई छ ।

आफुहरुको अभियानमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष चेत बहादुर क्षेत्री, ११ का वडाअध्यक्ष दिलिप कुमार यादव, १२ का वडाअध्यक्ष करुञ्जन श्रेष्ठ, १३ का वडाअध्यक्ष सतिष मर्सानी, समाजसेवी सत्यजित सरकार, धिरज क्षेत्री, विजय शर्मासहित स्थानीयवासीको सहयोग रहेको क्लबका सचिव राम गुरुङले जानकारी दिए । सरकारले घोषणा गरेका लकडाउनलाई पालना गर्न उनले आग्रह गरे ।

कोभिड–१९ ले विश्व नै आक्रान्त भएको बेला द लर्ड बुद्ध युवा क्लबका सदस्यहरुले दैनिक २ सय जनालाई खाना खुवाउने कार्य प्रशसंनीय भएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष चेत बहादुर क्षेत्री बताउँछन् । 

तीनपटक सम्म क्लबले राहत वितरण गरे पनि पछि राहत वितरण भन्दा खाना खुवाउने कार्य प्रभावकारी हुने सोच आएपछि वास्तविक पीडितलाई खाना खुवाइएको क्षेत्रीले बताए । ‘सुरुवातमा क्लबमा आबद्ध भाइहरुले आफ्नो पकेट खर्च कटाएर स्वतस्र्फुत रुपमा खाना खुवाउनुभयो, पछि हामीले पनि सहयोग ग¥यौं, उनीहरुकोे हौसला देखेर सहयोगी हातहरु अगाडी बढे’, उनले भने ।

लकडाउनको अवधि अझै लम्बिए पनि क्लबले खाना खुवाउने अवस्था रहेको क्षेत्रीको भनाई छ । क्लबले यस अघि पनि सरसफाई, रक्तदान जस्ता रचनात्मक कार्य गर्दै आएको उनले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved