देउवाले भने, ‘जेठ २५ भित्रै कर तिर्न सरकारले गरेको ताकेताको अवज्ञा गरौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 02:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्रै कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न र चुत्तः नगरे जरिवाना लाग्ने भनेपछि व्यवसायीहरु विरोध गरिरहेका छन् । 

काँग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार असंवेदनशील बनेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।’

सभापति देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असारको समग्र मूल्याकंन गर्न र जेठ २५ भित्र कर तिर्न गरिएको ताकेता फिर्ता गर्न माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved