कर तिर्ने अवधि बढाउँन अर्थ मन्त्रालय तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 02:36:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कर तिर्ने अवधि बढाउने भएको छ । व्यबसायीहरुबाट चर्को विरोध भएपछि अर्थ मन्त्रालयले कर तिर्ने अवधि बढाउँन लागेको हो ।

आन्तरिक राजश्व विभागले जेठ २५ गतेसम्म कर भुक्तानी गर्न सूचना जारि गरेपछि व्यबसायीहरुले लकडाउन जारी रहेको अवस्थामा सो अवधि भित्र कर तिर्न नसक्ने भन्दै विरोध गरेका थिए । व्यबसायीहरुको प्रतिनिधि मुलक संस्थाहरु  नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मश, नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले अर्थसचिव शिशिरकुमार ढुङ्गानासँग बुधबार बिहान छलफल गरेका थिए। उक्त छलफलमा  कर तिर्ने अवधि बढाउँन मन्त्रालय तयार भएको र सम्भवतः आजै साँझसम्म अवधि थप सहितको सूचना जारि हुन सक्ने छलफलमा सहभागी एक सदस्यले बिजपाटीलाई बताए ।

लकडाउनको समय जेठ ३२ गतेसम्म रहेको तर त्यस अगाडी नै कर बुझाउन भनेपछि व्यबसायीहरुले कर तिर्न नसक्ने बताउदै आएका थिए ।  आन्तरिक राजश्व  विभागले चैत्र मसान्तसम्मको आयकर, अन्तशुल्क र  भ्याट विवरण तथा त्यसमा लाग्ने कर तिरी सक्न सूचना जारी गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved