स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 06:56:16 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा बसेको बैठकको निर्णय नम्बर २ मा दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भनिएको छ ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा संक्रामक रोग फैलिने देखिए सरकारले आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ । उक्त ऐन अनुसार हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved