प्रदेश १ को नीति तथा कार्यक्रम जेठ २३ गते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 08:52:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं १ को प्रदेश सरकारले यही जेठ २३ गते सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारले आर्थिक वर्ष २०७७।७८ लागि नीति तथा कार्यक्रम २३ गते अपराह्न ३ बजे बस्ने बैठकमा पेश गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए । 

बैठकले प्रदेश सरकार विपद् खोज, उद्धार एवं राहत वितरण कार्यविधि निर्देशिका २०७६ को संशोधन गर्ने, प्रादेशिक सञ्चार प्रतिष्ठान गठनसम्बन्धी कार्यविधिलाई स्वीकृति प्रदान गरेको, कोरोनाको प्रभावले कृषकमा पर्न गएको अप्ठ्यारोलाई सहज बनाउन कृषक राहत कार्यविधिलाई पास गरेको र प्रदेश सरकारको सार्वजनिक खरिद नियमावलीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved