मन्त्रिपरिषद बैठकले लकडाउनको नयाँ मोडल तय गर्ने, 'स्वास्थ्य संकटकाल'को सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 09:28:11 AM मा प्रकाशित

laxmi  sunrise bank

गत चैत ११ देखि जारी लकडाउनको मोडल परिवर्तन गर्न आज बिहिबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकले  कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने बारे निर्णय गर्ने छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले  काेराेना महामारीको नियन्त्रण, राेकथाम र उपचारकाे सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरूसँग परामर्श गरेका थिए।अर्थशास्त्री, याेजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, नर्सहरूसँगकाे उक्त बैठक महत्वपूर्ण रूपमा सम्पन्न भएको प्रधानमन्त्रीले बताएका छन्।

त्यसअघि काेराेना महामारीको नियन्त्रण र राेकथामको लागि गठन गरिएको उच्चस्तरीय समितिले पनि विभिन्न विज्ञ, व्यवसायी, लगायतसँग छलफल गरेर लकडाउनको मोडालिटीबारे सुझाव संकलन गरेको थियो । यस अघिको छलफलको आधारमा उच्चस्तरीय समितिले लकडाउनको नयाँ मोडल सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्को बैठकले त्यसबारे निर्णय गर्ने छ । बैठक अपरान्ह ४ बजेको लागि बोलाइएको छ ।

पुरानै मोडलको लकडाउन थपेको भन्दै देशका विभिन्न स्थानमा लकडाउनको अवज्ञा समेत हुन् थालेको छ । आज देखि नै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने निर्णय गरेको छ । व्यवसायी बाट नै लकडाउनको अवज्ञ हुन् थालेपछि मोडल परिवर्तन गर्न सरकारलाई दबाब छ । अर्को तिर कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न पनि सरकार माथि चुनौती छ ।

उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा बसेको बैठकको निर्णय नम्बर २ मा दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भनिएको छ ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा संक्रामक रोग फैलिने देखिए सरकारले आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ । उक्त ऐन अनुसार हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने भएको हो । मन्त्रालयको प्रस्तावमा स्वास्थ्य संकटकाल घोषणाको सम्भावना पनि रहेको बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved