उपत्यकाका सीडीओहरूको 'आकष्मिक' बैठक: व्यवसायीहरुको एकतर्फी निर्णयमा छलफल केन्द्रित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 11:34:23 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको नियम उल्लङ्घन हुनेगरि व्यवसाय संचालन गर्ने व्यवसायीहरुको एकतर्फी निर्णय सार्वजनिक भएपश्चात उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारिहरुको संयुक्त बैठक बसेको छ। 

सर्वसाधारण नागरिकले लकडाउनलाई साथ दिइरहेका बेला व्यवसायीहरुले व्यवसाय संचालन गर्ने एकतर्फी निर्णय गरेकाले अवस्था सहज बनाउँन विपद व्यवस्थापन केन्द्रको संयुक्त बैठक बसेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख अधिकारिहरुको उपस्तिथीमा जिल्ला समन्वय समिति काठमाडौंको हलमा बैठक बसेको छ।

बैठक नेपाल राष्ट्रिय व्यवसायी महासंघले गरेको निर्णयमा केन्द्रित रहने दाहालले बिजपाटीलाई बताए। बैठकको निष्कर्ष पश्चात महासंघका प्रतिनिधिहरुसँग आजनै छलफल रहेको समेत उनले बताए। 

'महासंघका पदाधिकारीहरुसँग फोन मार्फत कुराकानी भईसकेको छ, यहाँको बैठक सकेपछि आज नै उहाँहरुसँग छलफल हुनेछ, अहिलेको कठिन परिस्तिथिमा सरकारले गरेको लकडाउनलाई कसरि सहजीकरण गर्ने भन्नेतर्फ नै छलफल केन्द्रित हुनेछ' उनले भने। 

महासंघले ७१ दिनसम्म लकडाउन रहंदा बाच्न गाह्रो भएको भन्दै बिहान ११ बजेसम्म सबै व्यवसाय खुला गर्ने निर्णय गरेको हिजो एक बिज्ञप्ती मार्फत जानकारी गराएको थियो। महासंघको आह्वानमा आज विहान अधिकांश पसलहरु खुला भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved