रौतहटमा एकैदिन ६५ जना कोरोना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 02:39:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आज एकैदिन रौतहटमा  ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट रौतहट आएका नेपालीहरु रहेका छन् । 

 जिल्लाको १८ वटै स्थानिय तहमा संक्रमित भेटिएका छन् । संक्रमितहरु मध्ये इशनाथ नगरपालिकाकाका ४६ जना, गढीमाइ नगरपालिकाका ७ जना, गुजरा नगरपालिकाका ८ जना, चन्द्रपुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका , माधवनारायण नगरपालिका र दुर्गा भगवती गाउँपाललिकाका एक–एक जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । 

संक्रमितहरुमध्ये २ जना महिला रहेका छन् भने बाँकी सबै पुरुष रहेका र उनीहरु सबै स्थानीय पालिकाहरुका क्वारेन्टाइमा रहेका छन् । उनीहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको र उनीहरुलाई कहाँ राखेर थप उपचार गर्ने भन्ने बारे छलफल भइरहेको उनले बताए । जिल्लामा संक्रमित बढेसँगै आइसोलेसन वेडको अभाव भइरहेको छ । समयमै आइसोलेसन नहुँदा कतिपय संक्रमितहरुलाई क्वारेन्टाइनमै राखेर उपचार गरिरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved