बिजपाटी सम्बाददाता     Jun 04, 2020 | 04:39:07 PM


आज एकै दिन ३३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।

विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा जनामा ३३४ जनामा कोरोना पुष्टि भएको हो । जस मध्ये ३१९ पुरुष र १५ महिला रहेका छन्  ।  संक्रमित मध्ये दैलेखका मात्र १०५ जना रहेका छन् भने प्रदेश २ का १०२ जना रहेका छन् । 

यससँगै कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २९० जना डिस्चार्ज भएका छन् । हालसम्म ६५ जिल्लामा संक्रमण पुगेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका