प्रदेश २ मा ९६१ जना सङ्क्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 10:14:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९६१ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न सात जिल्लामा १०२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि, यस प्रदेशमा ८५९ सङ्क्रमित थिए ।

सप्तरीमा १२, धनुषामा एक महिलासहित छ, महोत्तरीमा तीन, सर्लाहीमा तीन, रौतहटमा छ र नौँ वर्षीय दुई बालकसमेत गरी ६५ जना, बारामा १२ र पर्सामा एक गरी १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी गराए । 

यसैबीच, यस प्रदेशबाट १२२ जना निको भएर घर फर्केका छन् । घर फर्कनेमा पर्सामा ९६, बारामा नौ, धनुषामा चार, रौंतहटमा तीन, सर्लाहीमा एक र महोत्तरीमा तीन, सप्तरीमा एक र भारत तथा अन्य प्रदेशका गरी पाँच जना निको भएर घर फर्केका सचिव डा घिमिरेले बताए ।

यस प्रदेशमा अहिलेसम्म १८ हजार ८९३ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये १० हजार ७६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात हजार १६९ जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टिनको सङ्ख्यामा पनि बढोत्तरी गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved