बिजपाटी सम्बाददाता     Jun 05, 2020 | 09:04:08 AM


जल तथा मौसम विज्ञान विभागले हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु र अरब सागरमा रहेको निसर्ग” चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको  प्रभाव  रहेको जनाएको छ। ति मौसम प्रणालीका कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १,प्रदेश २, गण्डकी प्रदेश  बागमती प्रदेशभरी तथा प्रदेश ५को अधिकांश भागमा मध्यम वर्षा भैरहेको विभागले जनाएको छ।

यस्तो छ विभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान :

जेठ २३ गते (शुक्रबार)

दिउँसोः  प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली  रही बाँकी भू-भागमा मौसम सामान्य बदली  रहनेछ। प्रदेश ५, सु.प. प्रदेशकर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको  सम्भावना रहेको छ। प्रदेश १,, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा   मेघगर्जन/चट्याङ सहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

रातीः  प्रदेश २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली  रही बाँकी भू-भागमा मौसम सामान्य बदली  रहनेछ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू-भाग का केही स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। सु.प. प्रदेशकर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी  भू-भाग मा  मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको  सम्भावना रहेको छ।


जेठ २४ गते (शनिबार)

दिउँसोः  प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली  तथा गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ आंशिक बदली  रही सु.प. प्रदेशमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,२, र बागमती प्रदेश मा केही स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।  गण्डकी , कर्णाली प्रदेश र प्रदेश ५ मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको  सम्भावना रहेको छ। 

रातीः  प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको   सम्भावना रहेको छ। 

जेठ २५ गते (आइतबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

देशका केही स्थानहरुमा   मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत  सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका