बिहिबार मृत्यु भएका युवकमा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2020 | 09:44:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्काईएका युवकको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । मृत्यपछि  कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । 

 पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय उनी क्वारेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि बुधबार घर फर्किएका थिए । बिहीबार बिहान उनको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको थियो ।

उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved