सरकारले दिने ५ लाख नलिने बम बिस्फोटका मृतकका आफन्तको अडान

महेश न्यौपाने

महेश न्यौपाने

Jun 06, 2020 | 04:10:05 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिवेणी बम बिस्फोटका मृतकका  परिवारले ५ लाख राहत दिने सरकारी निर्णयप्रति असन्तुष्टी जनाएका छन् । माओवादी  सशस्त्र युद्धकालको बम विस्फोटबाट मृत्यु भएका बालबालिकाहरुलाई सामान्य दुर्घटनामा मृत्युभएसरी गरिएको व्यवहारप्रति उनीहरुले असन्तुष्टी जनाएका हुन् ।

प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी स्वयम घटनास्थल आई घटनाको सत्यतथ्य बुझेर फर्किए  पनि अहिले अपेक्षा बिपरित निर्णय आएको  परिवारले बताएका छन् । मन्त्री स्वयमले  मृतकलाई सहिद घोषणा गर्ने आश्वासन दिएपछि आफुहरुले सहजै शव पोष्टमार्टमका लागि पठाएको मृतक गौरव नेपालीकी सानीआमा  गीता नेपालीले बताईन् ।  ‘‘गाउँपालिका अध्यक्ष र प्रदेश सरकारका मन्त्रीले सहिद घोषणाका लागि  पहल गर्ने, गृह मन्त्रालयबाट राहात स्वरुप १० लाख र प्रदेश सरकारबाट २ लाख राहात उपलव्ध गराउन पहल गर्ने बताएपनि अहिले सामान्य  गाडी दुर्घटनामा मृत्युभए झै व्यवहार गरियो’’ नेपालीले भनिन् । ‘‘गाउँपालिका अध्यक्षले प्रदेश सरकारले २ लाख र संघीय सरकारले १० लाख राहात दिने निर्णय मृतकका आफन्त र जनतालाई सुनाउनु भएको थियो’’, नेपालीले थपिन्  ।  

प्रदेश सरकारबाट  घटनाको अनुसन्धानका लागि आएको टिमले समेत मृतकका परिवारको कुरा नसुनेर घटना स्थलको मात्रै अनुसन्धान गरेर फर्किएको नेपालीले आरोप लगाईन् । ‘‘घटना घटेको १ महिना पुरा हुदा सम्मपनि आफ्ना छोराछोरी के कारणले  मारिए भन्ने थाहा नपाउनुु कहाँ सम्मको न्याय हो ?’’ नेपालीले प्रश्न गरिन् । 

सरकारले दिने भनेको राहात नबुझ्ने नेपालीको भनाई छ । आफ्नो माग पुरा गर्न आन्दोलन सुरु गर्ने नेपालीको भनाई छ । गाउँपालिक कार्यालय तालावन्दी देखी जिल्ला प्रशासन कार्यालय घेराउ सम्मका आन्दोलन गर्ने तयारी भईरहेको नेपालीले बताएकी छिन् । 

चार बालबालिकालाई सहिद घोषणा गर्नुपर्ने आफुहरुको माग भएपनि सरकारले वास्ता नगरेको मृतक गौरव नेपालीका मामा कृष्ण नेपालीको भनाई छ । माओवादी  शसस्त्र युद्धकै बम  बिस्फोटबाट बालबालिकाको मृत्यु भएकाले उक्त द्धन्दमा ज्यान गुमाएकाहरु सरह राज्यले व्यवहार गरोस भन्ने परिवारजनको माग रहेको नेपालीको भनाई छ । 

‘‘घटनाबारे छानबिन गर्न समिति गठन भएको भनिए पनि अहिले सम्म समितिले स्थलगत अवलोकन गरेको थाहा पाएका छैनौ । छानबिनको सुस्तताले आफुहरुले न्याय पाउने कुरामा  विश्वास घट्दै गएको छ’’, नेपालीले थपे, ‘‘मृतकका आफन्तहरु बोल्न सक्ने अवस्थामा छैनन् । राज्यले  न्याय गर्छ  भन्ने बिश्वास थियो,  बिश्वासमाथि बज्रपात भयो ।’’

नेपाली कांग्रेस रोल्पाले बम बिस्फोटमा परि मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने बताउदै आएको छ । पार्टीको तर्फबाट निरन्तर रुपमा खबरदारी गरिरहे पनि राज्यले नसुनेको नेपाली कांग्रेस  रोल्पाका सभापति अमरसिं पुनले बताए । घटना युद्धकालको निरन्तरता भएकाले सो बेलाका मृतकलाई जस्तै अहिलेका  मृतकलाई व्यवहार  गर्नुपर्ने सभापति पुनको भनाई छ । घटना सशस्त्र युद्धसंग संबन्धित भएकाले मृतक बालबालिकालाई शहिद घोषणा गर्दै परिवारलाई राहात र परिपुरणको व्यवस्था गर्नुर्न पुनको भनाई छ । 

 मृतक बालबालिकालाई सहिद घोषणा गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका सचिव हरिप्रसाद घर्तीमगरले माग गर्दै आएका थिए । घटनामा भेटिएको  बमका बारेमा  अनेकन अड्कलवाजीहरु आईरहेका छन् । विज्ञ टोलीले त्यसको सत्यतथ्य छानविन गर्नुपर्ने सचिव  घर्तीमगरले बताए । मृतक बालबालिकाहरु सशस्त्र द्धन्दसंग जोडिएको घटनावाट मारिएको हुदा उनीहरुलाई राज्यले शहिद घोषणा गरि परिवारजनलाई राहातको व्यवस्था हुनुपर्ने घर्तीको पनि भनाई छ । 

संघीय  सरकारको गत जेष्ठ २२ गतेको वैकठले  प्रतिमृतक ५ लाख राहात दिने निर्णय गरेको  थियो । भने ५  नम्बर   प्रदेश सरकारको गत जेठ एक गतेको निर्णय अनुसार प्रति मृतक एक लाख दिने निर्णय गरेको थियो । 

गत वैशाख १८ गते बेलुका रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँ गुज्रीखोला ठ्यामरवोटमा बाख्रा चराउन गएका १५ वर्षिय नोखिराम डागी, १३ वर्षिय गौरव नेपाली, ११  वर्षिया विमला  केसी  र ५  वर्षिय विजय केसीको ज्यान गएको थियो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved