यस्तो रहनेछ आगामी ३ दिनको मौसम, यी नदीमा बहाब बढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 09:04:12 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले हाल  नेपालमा स्थानीय वायुपश्चिमी  वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको  प्रभाव  रहेको जनाएको छ । विभागले बिहान ६ बजे बुलेटिन जारि गर्दै देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ र सुदुर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहेको तथा  प्रदेश २ तथा  प्रदेश १ र सुदुर पश्चिम प्रदेशको तराई भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । साथै गण्डकी प्रदेशप्रदेश ५  बागमती प्रदेशका  एक वा दुई स्थानमा हल्का बर्षा भैरहेको विभागले जनाएको छ।

यस्तो छ विभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान :

जेठ २५ गते (आइतबार)

दिउँसोः देशका धरैजसो स्थानमा सामान्य बदली  रहनेछ। प्रदेश १बागमती ,गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णालीसुदुर पश्चिम प्रदेश र प्रदेश २ का  एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकि प्रदेशमा आंशिक बदली रहनेछ   प्रदेश १र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश  प्रदेश ५ का एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

जेठ २६ गते (सोमबार)

दिउँसोः प्रदेश १, गण्डकीबागमतीर कर्णाली प्रदेशहरुमा सामान्य बदली  तथा प्रदेश २, सुदुर पश्चिम र प्रदेश ५ मा आंशिक बदली  रहनेछ । प्रदेश १बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णालीसुदुर पश्चिमप्रदेश २ र ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  वागमती प्रदेश, प्रदेश १ र प्रदेश २ मा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

 जेठ २७ गते (मंगलबार)

दिउँसोः प्रदेश १, गण्डकीबाग्मतीकर्णालीसु.प प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र ५ मा आंशिक बदली  रहनेछ । प्रदेश १बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णालीसु.पप्रदेश २ र ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशभर आन्शिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको   सम्भावना रहेको छ। 

बाढी पूर्वानुमान विभागले आज, भोली र पर्सी कन्काई,कोशी,कमला,बागमती,नारायणी,पश्चिम राप्ती,बबई,कर्णाली,महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तर प्रमूख नदीमा बाढीको जोखिम नरहेको जनाएको छ । त्यस्तै आज बेलुका पछि ईलाम,ओखलढुङगा,रामेछाप, सिन्धुली,मकवानपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, र आसपास भई बहने केहि साना नदीमा बहाव केहि बढ्न सक्ने विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved