पसल खुलेपनि आएनन् ग्राहक, अलमल्लमा व्यापारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 07, 2020 | 06:16:54 PM मा प्रकाशित

laxmi  sunrise bank

गत बिहिबारबाट काठमाडौँका मुख्य बजार खुलिरहेका छन् । राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा लकडाउन भएको ७२ औँ दिनबाट काठमाडौँका असन, न्युरोड र ठमेल जस्ता व्यवसायीक क्षेत्र निर्वाध रुपमा खुलेका छन् । सोही दिन साँझ काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त रुपमा छलफल गरी लकडाउनलाई कडाईका साथ पालना गराउने भनेपनि काठमाडौँका मुख्य व्यापारिक क्षेत्र भने खुल्लै छन् ।

व्यवसायीहरुले बिहिबार, शुक्रबार र शनिबार आफ्ना पसलहरु खासै खोलेनन् । तर आज आइतबार भने सदाभन्दा धेरै पसलहरु खुलेका छन् । बिहान ६ नबझ्दै खुलेका पसलहरु मध्यान्ह १२ बजेसम्म चल्छन् । बिहान ११ बजेपछि प्रहरीले खुलेका पसल सिठ्ठी फुक्दै बन्द गर्न लगाउँछ । 

भाँडा वर्तनका पसल, फेन्सी पसल, इलेक्ट्रोनिक्स पसल, कपडा पसल तथा खाद्यान्नका पसलहरु खुलिरहेका छन् । खाद्यान्न पसलमा ग्राहकहरुको तुलनात्मक रुपमा भिड बढी नै देखिन्छ । तर पर्यटकीय सामग्री बिक्री गर्ने पसलहरु भने सुनसान देखिन्छन् । 

वर्षदेखि पुख्र्यौली भाँडा पसल राख्दै आएका सरोज ताम्राकार लकडाउन पछि पसल खुल्दा पनि व्यापार नभएको बताउँछन् । विगत बर्षहरुमा यही बेला दैनिक ८ हजार सम्मको व्यापार गर्दै आएका उनी अहिले मुस्किलले १५ सय लिएर घर फर्किन्छन् ।

उनी मात्रै होइन, हिमाल आरोहण र पदयात्रामा जानेहरुका लागि बिक्री गर्न तयार पारेका सामान असरल्ल छरेर बसेका छन् श्याम कृष्ण लामिछाने । घर नै भाडामा लिएर कपडाको उद्योग नै सञ्चालन गरेका उनले २० जनालाई रोजगारी दिएका थिए । तर लकडाउनको हल्ला सुरु भएपछि नै उनका सबै कामदार घर गए । घर भाडा, आफ्नो व्यक्तिगत खर्च र कामदारहरुको खर्च जोड्दा उनको मासिक ५ लाखको हाराहारीमा खर्च हुन्थ्यो । लकडाउनपछि उनले केही कामदारलाई पैसा दिएर पठाए, बाँकी पैसा उनीहरु फर्किएपछि दिने उनको भनाई छ । 

‘घर खाली गरौँ लाखौको सामान छ, कहाँ लगेर राखौँ ?’ उनी आफैँलाई प्रश्न गर्छन्, ‘नगरौँ महिनै पिच्छे तिर्नुपर्ने लाखौँ भाडाले थिचिसक्यो ।’ 

यही दोधारका बी उनी तत्काल केही निर्णय गर्न सक्ने अवस्थामा छैनन् ।  

फेन्सी पसलेहरुको पीडा पनि उस्तै छ । दैनिकी गुजार्नै मुस्किल परेको गुनासो उनीहरुको छ । योसँगै सिरक डसना, साडी चोलो, सुनचाँदी, फर्निचर, खाजा घरहरु पनि आंशिक रुपमा खुलेका छन् । तर ग्राहक छैनन् ।

फलफूलका पसलहरुमा सामान्य आवतजावत छ । 

इलेक्ट्रोनिक्स सामानाका पसलमा फाट्टफुट्ट ग्राहकहरु देखिन्छन् । फ्रिज, मोबाइल जस्ता विद्युतीय सामानहरु केही मात्रामा बिक्री भएपनि यो अति नै कम रहेको व्यवसायी श्यामहरी बाँस्तोलाको भनाई छ । 

पसल खुलेपनि व्यवसायीहरुले भने व्यापार नभएको गुनासो पोखिरहेका छन् । पर्यटकका निर्भर रहने हस्तकला, चित्रकला, पस्मिना, नेपाली ढाकाटोपी, खुकुरी जस्ता बस्तुहरुको व्यापार भने शून्य छ । नीजि सवारी साधनको ओहोरदोहोर बाक्लिए पनि ग्राहकको पर्खाइमा व्यापारीहरु भने मोबाइल चलाएर बसिरहेका देखिन्थे ।

न्युरोड, असन क्षेत्रमा मासिक १५ हजारदेखि २० लाखसम्म भाडा तिर्ने व्यवसायी रहेको राष्ट्रिय व्यवसायी महासंघको अनुमान छ । सरकारले लकडाउन जारी राख्दा राख्दै कर तिनै बाध्य बनाएको बाहाना बनाएर पसल खोलेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved