यस्तो रहनेछ आगामी ३ दिनको मौसम, यी नदीमा बहाब बढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2020 | 10:13:48 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम पूर्वानुमान विभागले हाल  नेपालमा स्थानीय वायुपश्चिमी  वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको  प्रभाव  रहेको जनाएको छ । यी प्रभावको कारण हाल देशको बागमती प्रदेशगण्डकी प्रदेशका भू-भागमा सामान्य बदली रहेको तथा प्रदेश १ र कार्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भइ बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

यस्तो छ विभागको आगामी ३ दिनको मौसम पूर्वानुमान :

जेठ २६ गते (सोमबार)

दिउँसोः प्रदेश १, बागमती, गण्डकी कर्णाली प्रदेशहरुमा सामान्य बदली  तथा बाँकी  प्रदेशका भू-भागहरुमा आंशिक बदली  रहनेछ । प्रदेश १बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका  एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः   प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश  कर्णाली प्रदेशका भू-भागहरुमा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश २ र प्रदेश ५ र सुदुर पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

 जेठ २७ गते (मंगलबार)

दिउँसोः प्रदेश १गण्डकीबाग्मतीकर्णालीसु.प प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र ५ मा आंशिक बदली  रहनेछ । प्रदेश १बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णालीसु.पप्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशभर आन्शिक बदली रहनेछ। प्रदेश १बागमती प्रदेशप्रदेश ५ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको   सम्भावना रहेको छ। 

जेठ २८ गते (बुधबार)

दिउँसोः देश भरि सामान्य बदली रहनेछ। प्रदेश १बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णालीसु.पप्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः प्रदेश १बागमती ,गण्डकी प्रदेशका भू-भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आन्शिक बदली रहनेछ। प्रदेश १बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

विभागले प्रदेश १बागमती ,गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदुर पश्चिमप्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै बाढी पूर्वानुमान विभागले आज बेलुका पछि ईलाम, खोटाङ, भोजपुर, मकवानपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम, रोल्पा जाजरकोट र आसपास भई बहने केहि साना नदीमा बहाव केहि बढ्न सक्ने जनाएको छ । प्रमूख नदीमा भने बाढीको जोखिम न्यून छ ।

निम्न चित्रको रातो पहेँलो धर्काले उक्त स्थान भई बहने स-साना नदीमा आज र भोली बहाव बढ्न सक्ने विभागले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved