मन्त्री भट्टराईको जवाफ, ‘त्रिभुवन विमानस्थल २४ घन्टा संचालनयोग्य छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2020 | 06:15:42 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक २४ घण्टा नै सञ्चालन योग्य भएको बताएका छन् । संसदमा आर्थिक वर्ष २०७७÷०७८ को विनियोजन विधेयक माथि मन्त्रालयसंग सम्बन्धित विषयमा छलफलका क्रममा उठेका प्रश्न, जिज्ञासा एवं सुझावका सम्बन्धमा जवाफ दिँदै मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा बुटिक विमानस्थलमा रुपान्तरण गरी दैनिक २४ घन्टा नै संचालनयोग्य बनाउने गरी पूर्वाधार निर्माण ्भएको जानकारी गराएका हुन् । 

उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा बुटिक विमानस्थलमा रुपान्तरण गरी दैनिक २४ घन्टा नै संचालनयोग्य बनाउने गरी पूर्वाधार निर्माण भएको छ, त्यसै अनुरुप स्लट मिलाउने प्रक्रिया र त्यस्तै अन्य कतिपय नियमित रुपमा गर्नुपर्ने व्यवस्थापकिय सुधारका कार्यहरु नियमित रुपमा गर्दै लगिने छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved