न्युरोडमा व्यापारीद्वारा सरकारविरुद्द प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 11:16:19 AM मा प्रकाशित

laxmi  sunrise bank

न्युरोडका व्यापारी आन्दोलनमा उत्रिएका छन् । व्यापारीहरु सरकारविरुद्ध प्रदर्शन गर्दै सडकमा उत्रिएपछि प्रहरीहरु तैनाथ गरिएको छ । 

‘हाम्रो चुल्हो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’ नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् । उनीहरुले पसल खोलेपछि प्रहरीले जबरजस्ती बन्द गराईदिएको थियो । मंगलबार पनि उनीहरुले पुल खोल्दा प्रहरीले बन्द गरेपछि बुधबार पनि उनीहरुले पसल खालेका थिए । तर प्रहरीले खोल्न नदिएपछि व्यापारीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

उनीहरुले घर भाडा मिनाहा गर्न, बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न माग गरेका छन् । लकडाउनले आफूहरुको दैनिकी गुजार्न मुस्किल परेको भन्दै न्यूरोड क्षेत्रका व्यापारीहरुले जेठ २२ देखि आफैं पसल खोलेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved