कर्णालीमा टिपर खस्यो, ३२ जना बेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 12:13:56 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

कालिकोटमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको  ना८ख ५१३३ नम्बरको टिपर  बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो । 

टिपर कर्णाली नदीमा खसेको हो ।  टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएका छन्। नदीमा हराएकाको खोजी कार्य जारी रहेको कालीकोटका प्रमुख डिएपसी श्यामबाबु ओलियाले बताए । टिपरमा कति यात्रु थिए भन्नेबारे यकिन थाहा भईनसकेको प्रहरीले जनाएको छ । 

बेपत्ताको खोजि कार्य भईरहेको छ । उद्धारको लागि नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved