लकडाउनमा मोबाइल बिग्रिए 'साथी'ले बनाएर घरमै ल्याइदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 09:09:31 PM मा प्रकाशित

laxmi  sunrise bank

राइड सेयरिङ्ग एप साथीले ग्राहकहरुको घरदैलोमा नै मोबाइल फोनको पिकअप र ड्रप सर्भिस सेवा शुरु गरेको छ । लकडाउनलाई मध्यनजर गर्दै साथीले मोबाइल फोन पिकअप र ड्रप गर्ने नयाँ सेवा शुरु गरेको हो ।

साथीले विभिन्न मोबाइल कम्पनीहरुका सर्भिस सेन्टरहरुसँगको सहकार्यमा वारेन्टी भएका तथा वारेन्टीनभएका मोबाइल फोनहरु घर तथा कार्यालयबाट लिएर मर्मत पश्चात फेरी सोहि स्थानमा पुर्याउने सेवा थप गरेको जनाएको छ । नयाँ सेवा अन्तरगत कुनैपनि ब्राण्डका मोबाइल फोनहरु मर्मत तथा संभार गर्न गराउन अब सहज हुने कम्पनीको दावी छ ।

उक्त  एपलाई डाउनलोड गरी मोबाइल पिक एण्ड डेलिभरी सर्भिसमा क्लिक गरि बिस्तृत जानकारीहरु राखेर पिकअप सर्भिसको लागि अर्डर गर्न सकिनेछ । कम्पनीका अनुसार अहिले उक्त सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड भित्र मात्र उपलब्ध रहेको रहेको छ भने केहि सयमपछि रिङ्गरोड बाहिरका स्थानहरुका साथसाथै देशभर क्रमश सेवा बिस्तार गरिनेछ ।

मोबाइल फोनको मर्मतको शुल्क लाग्ने भएमा ग्राहकहरुबाट लिएर सम्बन्धित मर्मत तथा सर्भिस सेन्टरहरुमा भुक्तानी गर्ने व्यवस्था राखिएको र त्यसबाहेक पिकअप तथा ड्रपको लागि न्यूनतम ३५ रुपैयाँबाटे सेवा लिन सकिने कम्पनील जनाएको छ ।

उक्त एपको अन्य मुख्य फीचर भनेको राईड सेयरिङ्गका लागि बाईक, स्कूटर र ट्याक्सी बोलाउन सकिनको साथै विभिन्न यात्राको लागि रिजर्भेशन गर्न सकिने छ । यसका साथै निकट भविश्यमा अफिसका कर्मचारीहरुलाई कार्यालयबाट घरसम्म ल्याउन र पुर्याउने सेवा समेत थप हुने जनाइएको छ ।




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved