लकडाउन खुकुलो भएपनि यी क्षेत्र अझै खुल्दैनन् (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 05:34:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउन खुकुलो बनाएको भएपनि केही क्षेत्रहरु भने नखोल्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका पसलहरु खोल्न दिने निर्णय गरेपनि मानिसहरुको भिडभाड हुने क्षेत्र भने नखोल्ने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले निश्चित क्षेत्रहरु खोल्न दिने र निश्चित क्षेत्रहरु खोल्न नदिने निर्णय भएको जानकारी दिएका छन् । 

मनोरञ्जन स्थल (डान्सबार, क्लब, दोहोरी साँझ), सामुदायिक पुस्तकालय, ब्युटिपार्लर र सैलुन तत्काल खोल्न नदिने निर्णय भएको छ । स्वीमिङ पुल, जिमखाना, सपिङ मल र सार्वजनिक सवारीका साधन चल्न नदिने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved