अब नयाँ स्वरुपको लकडाउन , हेर्नुस के के संचालन हुन्छ ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 06:57:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउन खुकुलो बनाउदै विभिन्न ब्यबस्थाहरु गरेको छ । जस अनुसार सरकारले सबै प्रकारका पैदल आवागमन सुचारु गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई खुकुलो पार्दै पैदल आवागमन गर्न दिने र साइकल तथा मोटरसाइकल चल्न दिने निर्णय गरेको हो 

तर मोटरसाइकलमा चालक मात्र रहनु पर्ने र २ जना बस्न नपाइने निर्णय सरकारले गरेको छ । त्यस्तै उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ । त्यस्तै उपत्यका बाहिरको हकमा जिल्लाभित्र  मात्र चल्ने गरी निजि सवारी सञ्चालन गर्न पाइने भएको छ । 

त्यस्तै असार १ गतेदेखि कार्यालयहरु २ सिफ्टमा संचालन हुने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्यालयहरु २ सिफ्टमा संचालन गर्ने निर्णय गरेको हो । जस अनुसार सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन हुने छन् । 

सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पहिलो सिफ्ट बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो सिफ्ट १ बजेदेखि ६ बजेसम्म हुने जानकारी दिए  

हेर्नुस के के खुल्छन ? 




भिडियो : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved