सरकारले कोरोना भाइरसका संक्रमितको व्यवस्थित उपचार गर्न नसकेको, परीक्षणको दायरा बढाउन नसकेको र महामारीको बेलामा पनि भ्रष्टाचार बढेको लगायतका विषयमा केन्द्रित रहेर केही दिनदेखि देशैभर प्रदर्शन भईरहेको छ । देशका विभन्न स्थानमा हुँदै आएका प्रदर्शनको मुख्य उदेश्य भने सरकारले कोरोना संक्रमण रोक्न गरेको भनेको १० अर्बको हिसाबकिताब माग हो भनिएको छ ।
आज काठमाडौँको माइतीघरमा प्रदर्शन हुँदैछ, नजिकैको संघिय संसद भवन बानेश्वरमा केही बेरमा प्रतिनिधि सभाको बैठक सुरु हुँदैछ । आजको बैठकबाट संविधान संशोधन विधेयक पारित गराउने तयारी छ । भारतीय अतिक्मणको चपेटामा परेको नेपाली भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर सरकारले सार्वजनिक गरेको नयाँ नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गराउन संविधान संशोधन हुँदैछ । आज माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका हरुले पनि नयाँ नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद दिँदै नयाँ नक्सा लागू गर्न हुन लागेको संविधान संशोधनको स्वागत पनि गरेका छन् ।
फोटो फिचरः
फोटो : गणेश श्रेष्ठ