भारतीय सेना प्रमुखले नेपालबारे बोली फेरे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2020 | 03:28:21 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय सेनाप्रमुख एम.एम. नाराभानेले नेपालबारे आफ्नो बोली फेरेका छन् । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नक्सा जारी नेपाल चीनको उक्साहटमा चलेको आरोप लगाएका उनले बोली फेर्दै नेपाल र भारत सम्बन्ध सधैँ बलियो हुने बताएका छन् ।

नेपालको प्रतिनिधिसभामा नयाँ नक्सासहितको राष्ट्रिय निशान छाप जारी गर्नुअघि भारतीय सेना प्रमुखको यस्तो भनाई आएको हो । 

‘नेपालसँग हाम्रो बलियो सम्बन्ध छ, हामीसँग भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्बन्ध छन्’ उनले भनेका छन्, ‘हामीसँग जनता जनताबीच पनि बलियो सम्बन्ध छ । उनीहरुसँग हाम्रो सम्बन्ध सधैँ बलियो हुनेछ र भविष्यमा पनि सधैँ रहिरहनेछ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved