जीप दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 12:51:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परी मृत्यु भएको छ । उनी सवार गाडी आईतबार बर्दघाट नगरपालिका ४ स्थित पुर्वपश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट तल खसेको हो ।

घटनास्थल बर्दघाट बजारमै रहेकोले तत्काल उद्धार गरी चिसापानी अस्पताल ल्याईएकोमा अध्यक्ष शर्माको मृत्यु भएको पुष्टि भएको हो । गाउँपालिका उपाध्यक्ष अन्जु चौधरीले अध्यक्ष शर्माको दुर्घटनामा मृत्यु भएको पुष्टि गरिन् । लु १ झ ३७० नं. को गाउँपालिकाको स्कारपियोमा सवार अध्यक्ष शर्माको मृत्यु भएपनि चालक भने घाईते रहेका छन् ।

दुर्घटना हुँदा जिप अध्यक्ष शर्मा आफैँले चलाएका थिए । घाईते चालकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गर्दा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved