मोटरसाइकलमा एउटै कार्यालयका २ जना यात्रा गर्न पाउने कि नपाउने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 10:09:23 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई पांग्रे सवारी साधन (मोटरसाइल र स्कुटर) मा जोर विजोर प्रणाली लागू भएको छ । अब जोर गतेका दिन जोर नम्बर प्लेटका सवारी साधन चल्न पाउने छन् भने विजोर गतेका दिन विजोर नम्बर प्लेटका सवारी चल्न पाउनेछन् । 

जोर विजोर प्रणालीसहित अब दुई पांग्रे सवारीमा चालकले मात्रै यात्रा गर्न पाउने भएका छन् । यसको अर्थ, दुई पांग्रे सवारी साधनमा अब एक जना मात्रै यात्रा गर्नुपर्नेछ । अत्यावश्यक क्षेत्रमा काम गर्नेहरुका लागि भने आफूहरुले सहजिकरण गर्दै आएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुई पांग्रे सवारीमा २ जनालाई सवार गर्न दिन नमिल्ने तर कसैलाई अत्यावश्यक नै परेको अवस्थामा भने परिस्थिती हेरेर व्यवहारिक रुपमा सहजिकरण गर्दै आईएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले बताए ।

 ‘हामिले कसैलाई पनि दुई जना सवार भएको अवस्थामा छोड्दैनौँ, तर अत्यावश्यक क्षेत्रमा काम गर्नेहरुका लागि भने दुई जना सवार गरेको पाईयो भने केही सजिकरण गर्न सक्छौँ’ प्रमुख ढकालले भने, ‘पत्रकार, स्वास्थ्यकर्मी, एउटै कार्यालयमा काम गर्नेहरुको हकमा भने परिस्थिती र आवश्यकता हेरेर जान दिने वा नदिने गरेका छौं । सकेसम्म एउटै कार्यालयमा पुग्ने २ जना एउटै मोटरसाईकलमा र सरकारी नम्बर प्लेटका मोटरसाइकलमा २ जना यात्रा गर्न नदिने नियम हो, हामी त्यो नियम पालना गराउन लाग्छौँ ।’

‘पत्रकारहरुको हकमा भने सहजिकरण गर्नुपर्ने आवश्यकता नै देखियो, एउटा मोटरसाइकलमा हिड्दा क्यामेरा पनि बोक्नुपर्यो, बाइक चलाउनु पनि पर्यो, कहिले काँही हिड्दै गर्दा बाइकबाटै पनि भिडियो खिच्नुपर्ने होला’ उनले भने, ‘यसका लागि सूचना विभागबाट जारी भएको प्रेस पास भएका पत्रकारहरुका लागि एउटै मोटरसाइकलमा यात्रा गर्न पनि दिनुपर्ने देखिएकाले हामी सहजिकरण गछौँ । तर पत्रकार साथीहरुलाई पनि हाम्रो अनुरोध चाँही सकेसम्म २ जना नहिड्नुहोस् भन्ने नै हो ।’ 

यी हुन् अत्यावश्यक क्षेत्रः

१. डाँक, तार वा टेलिफोन सेवा

२.जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा

३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा

६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

७. सञ्चार सेवा

८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

९. खानेपानीको सञ्चालन तथा वितरण सेवा

१०. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा

११. पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा

१३. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा

१४. बैंकिङ सेवा

१५. बिमा सेवा

१६. विद्युत् सेवा

१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved