प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड २५ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 05:48:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७७।७८ को लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री एवम आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार र पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ प्रतिशतमा खुम्चिने अनुमान गरिएको बताएका छन् । प्रदेश सभामा आर्थिक वर्ष २०७७।०७८ को बजेट पेश गर्ने क्रममा उनले कोरोना भाइरसको महामारीका कारण कृषि र उत्पादनका क्षेत्रमा व्यापक कमी आउने भएकाले आर्थिक वृद्धिदर सोचेअनुसार नहुने बताएका हुन् । उनले प्रदेशक सांगठनिक संरचना र कानुनी आधार तयार भएको भन्दै आगामी आर्थिक वर्षदेखि सरकारले कामको रफ्तार बढाउन सक्ने उनले बताए ।

समयतालिका अनुसार विकास निर्माणका काम तीब्र गतिमा अघि बढिरहेको बताउँदै उनले प्रदेशको गौरवका आयोजना र ठूला योजना पहिचान गर्न काम गरिरहेको समयमा कोरोना भाइरसको महामारीका कारण त्यो गति रोकिएको बताए ।

 साउनदेखि महामारीको संकटमा कमी आउने विश्वास व्यक्त गर्दै उनले त्यसपछि केही सुधारका संकेत देखा पर्ने बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved