सिमा क्षेत्रमा भएको गोली हानाहानमा ३ भारतीय सैनिक मारिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 01:56:51 PM मा प्रकाशित

laxmi  sunrise bank

चीन र भारतको सीमा क्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच झडप भएको छ । लद्दाखको गलवान भ्यालीमा भएको गोली हानाहानमा तीन भारतीय सैनिक मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई जना जवान छन् । 

सीमा क्षेत्रमा तनाव बढेपछि दुवै मुलुकले सो क्षेत्रमा आफ्ना सैनिक बढाएका थिए । सिमा क्षेत्रमा देखिएको तनाव रोक्न जुन ६ तारिखमा वार्ता समेत भएको थियो ।

भारतीय सेनाका प्रवक्ताले वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको पुष्टि गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved