यस्ता छन् सरकारका पछिल्ला १५ निर्णय, नयाँ नियुक्तिदेखि ऋण स्वीकारसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 04:58:58 PM मा प्रकाशित

laxmi  sunrise bank

 असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु : 

१. नेपालको उर्जामा लगानी बढाउन तथा कार्यकुशलता अभिवृद्धि गर्नका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संथा (आइडिए) बाट बजेटरी

सहयोगको रुपमा प्रस्तावित १० करोड अमेरकी डलर (करिब १२ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण) ऋण सहायता रकम स्वीकार गर्ने।

२. साना सिचाइँ आयोजना दोस्रो चरण कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने १ करोड ७६ लाख स्वीस फ्रयांक (करिब २ अर्ब २ करोड ४० लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने।

३. निकासी पैठारी (नियन्त्रण ऐन, २०१३ को दफा ३ को उपदफा २ बमोजिम मिति २०७६/१२/२४ को नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा

आपूर्ति मन्त्रालयको सूचनाको खण्ड (घ)मा देहाय बमोजिम प्रतिवाक्यांश  थप गरी संशोधित सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने।

४. तर औधोगिक कच्चा पदार्थको रुपमा आवश्यक पर्ने मरिच सम्वन्धित उद्योगको उत्पादन र खपतको प्रवृत्तिको आधारमा उद्योग विभागले प्रमाणित गरेको परिमाणबमोजिम सम्वन्धित उद्योग आफैले आयात गर्न सक्ने।

५. आर्थिक वर्ष २०७७/७८ को लागि मोटा धानको प्रतिक्वीन्टल रु २ हजार ७३५ र मध्यम धानको प्रतिक्वीन्टर २ हजार ८८५ न्यूनतम समर्थन मूल्य तोक्ने।

६. इमाडोल– सिद्दिपुर–गोदावरी खोला–लुभु लामाटार सडकको हाललाई उपलव्ध हुने चौडाईमा कालोपत्रे सडक निर्माण गरी मौजुदा ठेक्काहरु फरफारक गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने कलंकी–थानकोट–नागढुंगा सुरुङमार्ग आयोजनाको क्षेत्रभित्र पर्ने आवश्यक जग्गा अधिग्रहण गर्दा देहायबमोजिम गर्ने,


(क) श्री ५ को वायु गुठीका मोहीहरुलाई ५० प्रतिशत क्षतिपूर्थि रकम उपलव्ध गराउने

(ख) जग्गाधनी प्रमाण पूर्जा नभएका तर मालपोत/नापी कार्यालयमा रहेको श्रेस्ता फिल्ड बुकमा जनाउ रहेको आधारमा जग्गा धनी मोहीहरुलाई क्षतिपूर्ति रकम उपलव्ध गराउने।

७. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको उपाध्यक्ष पदमा खगेन्द्रप्रसाद अधिकारी, झापालाई मनोनयन गर्ने।

८. बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्वा विकास समितिको अध्यक्ष पदमा जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका वार्ड नं. ९ निवासी श्री फुपु छेम्वे शेर्पा र कार्यकारी निर्देशक पदमा जिल्ला नुवाकोट, दुप्चेश्वर गाउँपालिका वार्ड नं. ५ निवासी होमबहादेर दोङलाई नियूक्त गर्ने ।

९.नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. राजन खनाल, नमोबुद्ध नगरपालिका वडा नं. ७ काभ्रेपलान्चोकलाई नियुक्त गर्ने।

१०. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) (तेस्रो संशोधन नियमावली २०७७ स्वीकृत गर्ने।

११. राष्ट्रिय अभिलेखालयमा रहेको देशकै ऐतिहासिक र राजनैतिक महत्वका दुर्लभ र अति संवेदनशील सामग्रीहरुलाई जोगाउनुपर्ने राष्ट्रिय दायित्व भएको र सर्वोच्च अदालतबाट तत्काल काम अगाडि बढाउने तयारीमा रहेको सन्दर्भमा तत्काल राष्ट्रिय अभिलेखालय स्थानान्तरण गर्ने वैकल्पिक स्थान/भवनको व्यवस्था भई नसकेकोले सर्वोच्च अदालतको नाममा कायम गरिएको राष्ट्रिय अभिलेखालयको जग्गा पुनः राष्ट्रिय अभिलेखालयकै नाममा कायम गर्ने र सर्वोच्च अदालतको भवन निर्माणका लागि नपुग हुने जग्गा सर्वोच्च अदालतले प्राप्त गरेको साविक क्याभलरीको जग्गाभन्दा पूर्वको चण्डीदल गणको ३५ मिटर (ड्रइङअनुसार) जग्गाबाट उपलव्ध गराउने र सो बराबरको जग्गा नेपाली सेनाको चण्डीदल गणको अस्थायी टहरा बनाउने प्रयोजनका लागि सो परिसरको वरिपरिबाट चण्डीदल गणलाई जग्गा उपलव्ध गराउने।

१२. नेपालको भू उपग्रह नीति २०७७ स्वीकृत गर्ने। 

१३. विभूषण (पहिलो संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने।

१४. सुरक्षण मुद्रण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने। 

१५.  सार्वजनिक सेवा प्रशारण सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved