भारत र चीनबीचको सीमा विवादमा बोल्यो नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2020 | 05:24:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत र चीनबीच चर्किएको सीमा विवादबारे नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै दुई देशबीचको विवाद शान्तिपूर्ण तरिकाबाट समाधान हुनुपर्ने धारणा राखेको छ । 

नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको भन्दै गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान हुने विश्वास नेपालले व्यक्त गरेको छ । 

‘गलवान उपत्यकाको पछिल्लो घटनाक्रमको सन्दर्भमा छिमेकी देश भारत र चीनले राम्रो छिमेकीको भावनाले, आपसी शान्तिपूर्ण द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थिरताको पक्षमा समस्याको समाधान गर्नेमा हामी ढुक्क छौँ’ विज्ञप्तिमा भनिएको छ । 

यस्तो छ विज्ञप्तिः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved