सरकारले माग्यो देशभरका स्थानीय तहको बजेट विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 02:56:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले देशभरका स्थानीय तहको बजेटको विवरण संकलन गर्न सुरु गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका, उप महानगरपालिका र महानगरपालिकालाई आफ्नो स्थानीय तहको बजेट विवरण पठाउन निर्देशन दिएको हो 

मन्त्रालयले विवरण पठाउँदा आम्दानीतर्फ संघ र प्रदेशबाट प्राप्त हुने आन्तरिक श्रोत, राजश्व बाँडफांडबाट प्राप्त हुने रकम, शर्सत अनुदान, समपुरक र विशेष अनुदान, अन्तरिक ऋणको विवरण छुट्टा छुट्टै पेश गर्न निर्देशन दिएको छ । त्यस्तै मन्त्रालयले खर्च तर्फ चालु र पुंजीगततर्फको खर्च प्रस्ताव छुट्टाछुट्टै पेश गर्न भनेको छ । 

स्थानीय सरकार संचालन ऐनमा हरेक स्थानीय तहले आसार महिनाको १० गते भित्र बजेट पेश गरि सक्नु पर्ने कानुनी ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved